Thursday, September 10, 2020

चकनाचुर भए, सायद सिशाका थिए सपनाहरु

 केही ईशाराका त केही बात, मौनताका थिए 
अझै ताजा छन् अँध्यारा रात, मौनताका थिए !!


मदहोश लाग्दै थिए, सम्भावनाका हर पलहरु 
नपिएरै पनि नशिला हुन्थे मात, मौनताका थिए !!

को नतर्सिएला र यहाँ? एक्कासी बाढी आउंदा 
न बिजुली न बादल ती बर्षात, मौनताका थिए !!

नबोलेरै धेरै बोल्ने,, बन्द ओठका सुस्केराहरु 
काउकुती लगाउने हाम्रा हात, मौनताका थिए!!

चकनाचुर भए, सायद सिशाका थिए सपनाहरु  
आवाज कतै थिएनन्, आघात मौनताका थिए !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...