Monday, September 7, 2020

गजल यहाँ सम्म त आएं, मनका लहर पछ्याउंदै

 

यहाँ सम्म त आएं, मनका लहर पछ्याउंदै 

थाहाछैन कहाँं सम्म, बनका डगर पछ्याउंदै 


बत्तिमा होमिएका, तिनै पुतलीका कथा जस्तै 

त्यो घाम जस्तै लाग्ने, अनेकौं रहर पछ्याउंदै 



खै केदियो कुन्नि, के पाएं, यी गोजी रित्तैछन् 

जन्मथलो बिरानो भए, कठोर शहर पछ्याउंदै 


सपनाका सिपीहरुले मोती लुकाएका छन् रे 

पुग्नुपर्ने भो सागर, ढुङ्गयान् बगर पछ्याउंदै  


पश्चातापले पोल्छ, छातीका ग्लानी उस्तैछन् 

भन्दैथिए 'आफन्त', भो नजा जहर पछ्याउंदै 


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...