Friday, September 11, 2020

रहरका पिरामिड

यी रहरका पिरामीडहरु,, घोप्ट्याइएका सोली जस्तै, 

सागर भेट्ने आशामा,,,, मुहान भुलेका खोली जस्तै।।

भूल-भुलैया भो जिन्दगी नै, हिजोआज हेर्नुस् साथी

अहिले बोल्यो अल्लिखेर,,, बेठागानका बोली जस्तै।।

जता हावा चल्यो उतै बादल,, पहाडमा ठोक्किनु छ

ईज्जत् त जोगाउनै पर्ने कठै,, उध्रीएका चोली जस्तै ।।

अन्धेराका सपनाहरु भेटिदैनन् त उजेलीमा आखिर 

बेहुली पुर्याई फर्किएका,,,, खालीखाली डोली जस्तै।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...