Saturday, February 27, 2021

Gazal

भोकालाई अर्ति होइन, माम देउ 

गुमनाम् हुंदैछ् उ एउटा, नाम देउ !!


परिस्थितीले बेखर्ची यो परदेशमा 

सत्तो सराप मात्र किन, काम देउ !!


साँघुरो धर्ति, छोटो सिरक आकाश 

सक्छौ भने, सर लुकाउने ठाम देउ !!


सोचेको हुंदैन, उल्टो झापड समयको 

खुशी भेट्छभने आज टुच्च, जाम देउ !!


दर्शन छांट्न सजिलो, कर्ममा भिन्न 

मुर्तिपूज्नेहरु, मानवताको घाम देउ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...