Saturday, February 27, 2021

साथ नछोड है जिन्दगी

सबले साथ छोडेपनि, साथ नछोड है जिन्दगी                                                                                                                       छायाँ सङ्गै हुन्छु तेरो, हात नछोड है जिन्दगी !!


झिस्मिसेका ती निशाहरु, मेरापनि मित नै हुन्
रपनि मेरालागि केबल, रात नछोड है जिन्दगी !!

स्विकारेकै छु कथित लान्छना, नबोलेरै देखिस्
कमजोर हुन्छन् छाती, घात नछोड है जिन्दगी !!

धेरै पिएं नशा मैले, धेरै पिएं आसुँ सायद
बेशिमा जिउनु छैन, मात नछोड है जिन्दगी !!

मलाई अब मुस्कुराउनु छ, यो दुनियाँका खातीर
कोपिला चुँडी जिन्दगीमा, पात नछोड है जिन्दगी !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...