Sunday, February 28, 2021

मुटु त आफ्नै हो नि, धड्किन्छ अर्कैको लागि

मुटु त आफ्नै हो नि, धड्किन्छ अर्कैको लागि 


जिन्दगी पनि आफ्नो, तड्पिन्छ अर्कैको लागि!!

 

फिल्मी दुनियाँमा हुन्छ भन्थे, यथार्थमा नै भयो 

भुकभुक यही छाती, छड्किन्छ अर्कैको लागि!! 


सुस्तसुस्त हावा चल्दा, मनमा भने आँधिबेहरी  

कदम कांडे तार नै, फड्किन्छ अर्कैको लागि!! 


लौन बताई देउ, आखिर के हुँदैछ हिजोआज 

कहिलेकाहीँ सासै पो, अड्किन्छ अर्कैको लागि!! 


कस्तो महशुस यो? नितान्त नौलो नौलो भयो 

बिना बादल बर्षात, चड्किन्छ अर्कैको लागि!! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...