दिल थियो र त धड्किएको छ अझै
कसम कहाँकहाँ भड्किएको छ अझै
न झिक्न मिल्ने न देखाउन नै मिल्ने
थाहा छैन कहाँं अड्किएको छ अझै
न राँची लैजाउँ न पाटन अस्पातल नै
तनाबै तनाबमा सड्किएको छ अझै
भेटिन्न जहाँं कहीँ आखिर दिल न हो
आज भने यहिं खड्किएको छ अझै
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
मनभरिका मृगतृष्णा, आखाभरि सपना छन् आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन् निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी नदीकिनार बालुवाका ती महल ...
No comments:
Post a Comment