दिल थियो र त धड्किएको छ अझै
कसम कहाँकहाँ भड्किएको छ अझै
न झिक्न मिल्ने न देखाउन नै मिल्ने
थाहा छैन कहाँं अड्किएको छ अझै
न राँची लैजाउँ न पाटन अस्पातल नै
तनाबै तनाबमा सड्किएको छ अझै
भेटिन्न जहाँं कहीँ आखिर दिल न हो
आज भने यहिं खड्किएको छ अझै
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...
No comments:
Post a Comment