Friday, March 19, 2021

गजल चोटमाथि आरा चलाई, नोट दिएर जानेले नै !!

किन सोध्थ्यो र खबर, चोट दिएर जानेले नै 
चोटमाथि आरा चलाई, नोट दिएर जानेले नै !!

बिर्स्योहोला गाउँको बाटो, मान्छे हो शहरको 
यो भिकारीलाई हिजो, कोट दिएर जानेले नै !!
 
गाउँदैन अब गीत उस्ले, जुनेली र रोषनीको 
पुर्णिमाको जूनलाई,,, खोट दिएर जानेले नै  !!

कसलाई केपो भन्ने हजुर दुनियाँको रीत एस्तै 
खानुपर्छ यहाँ ठक्कर, ओट दिएर जानेले नै  !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...