Sunday, March 21, 2021

तिमी हुरी बनेर आउ, म पात बन्नेछु

तिमी हुरी बनेर आउ, म पात बन्नेछु 
तिम्रा मौनतालाई चिर्ने, म बात बन्नेछु !!  

सबै चाहन्छन् सपना देख्न यहाँ त्यसैले 
तिमी साँझ बनेर आउ, म रात बन्नेछु !!

मज्जा आउँछ भन्छन्, बेहोशीमा झुम्दा 
तिमी नशा बनेर आउ, म मात बन्नेछु !!

दुबिधामा देखिन्छन् मान्छे अनि सम्बन्ध 
तिमी विश्वाश भै हेर त, म घात बन्नेछु !!

लड्न दिन्न तिमीलाई, डुब्न् त झनै दिन्न 
हरेक पलमा साथदिने, म हात बन्नेछु !!


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...