Monday, March 15, 2021

गजल

एदी यो जिन्दगी नै, एक किताब हुन्थ्यो भने 
बुझ्थ्यो थोरै अप्ठेरो, बरु हिसाब हुन्थ्यो भने!!

हार्न थाल्यो जीवन सङ्ग, सत्ते कसम जिथ्यो 
धोकाधडी बिरुद्धमा, कतै चूनाब हुन्थ्यो भने !!
 
नत जान्यो जिउन उस्ले, न'त जान्यो पिउन  
सपनाहरुको यथार्थ सङ्ग, मिलाप हुन्थ्यो भने !!


हार्ने थिएन पक्कै, जिन्दगीका कुनै मुद्धाहरु   
यो समयले दिने निश्पक्ष, निशाफ हुन्थ्यो भने !!


हाँस्छ गाउँछ नाच्छ 'आफन्त' यो दुनियाँ हेरी 
फाँसी चढ्थ्यो 'श्री',दुनियाँ खिलाफ हुन्थ्यो भने !!


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...