Saturday, March 13, 2021

मनछुने गजल

थोरै जमिन् टेक्न-पुग्ने, माटो भए पुग्छ 
त्यही माटो सम्म पुग्ने, बाटो भए पुग्छ !!
 
कसलाई छ र फुर्सद यहाँ? सबै ब्यस्त 
बाठो हैन एउटा साथी, लाटो भए पुग्छ !!
 
देख्दिन भो सपना धेरै, घाम जून टाढा 
तारा सम्म झार्न मिल्ने, भाटो भए पुग्छ !!

बेबारीसे हुन नपरोस्, बाढी पहिरो जाँदा  
आफन्तीले चिन्ने चिन्नेगरी, टाटो भए पुग्छ !!

नदेओ ए आफन्त यो आफन्तलाई घाऊ 
कहिलेकाहिं चस्किरहने, खाटो भए पुग्छ !! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...