Saturday, March 20, 2021

मृत सपनाका मलामी अनि त्यो घाट

घाटले पनि धान्नै नसक्ने भयो 
हरेक दिन मरेका सपना लिएर 
ओईरिरहन्छन् घाटमा घुइँचो बनाउँदै 
थाहाछैन जल्छन् या जल्दैनन् त्यहाँ 
जहाँ जिउँदा लाश जलेका हुन्छन्
मरेका सपनाहरु ।। 
अभावै अभावमा बाँचेका सपनाहरु  
चाहनै चाहनामा साँचेका सपनाहरु 
मुर्छित, अर्धमुर्छित सपनाहरु 
दुनियाँबाट लखेटिएका छन् 
मृत घोषणा गरेर,
नचाहँदा नचाहँदै तगारो नाग्दै 
निस्किरहेका छन् मलामीहरु ।। 
सधैं रुमाललिरहनु पर्ने घाट पनि 
न सुस्ताएको धेरै भयो 
घाट आँफै तिरस्कार गर्छ 
जिवित मलामीहरुलाई जसले
घाटलाई नै बोझिलो बनाएको छ 
धुवाँ-धुवाँ बनाएका छन् घाटलाई।। 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...