Saturday, March 13, 2021

corona...

 हैट !

यो कस्तो अनुभूति
कहरै कहर
एस्तो लाग्छ
साक्ष्यात मृत्यु सामुन्ने छ।
मान्छे आफ्नै औंलाहरुसङ्ग तर्सिएका छन्
ऎना सङ्ग नजर जुधाउन सक्दैन्
अति सुक्ष्म भन्दा पनि सुक्ष्म
आँखाले देख्न नसकिने
"जीव"सङ्ग युद्धरत छन् मान्छे
आणविक भट्टिको धाक दिनेहरु कुरान पढ्दैछन्
संसार मेरो हो
संसार मेरो हुनुपर्छ भन्नेहरु
आफ्नै शहरमा बन्दी छन् ।
सुनका कट्टु लगाउछौं भन्नेहरु
मुखमा मौलो लगाएर गिर्जाघर धाउदैछन् ।
आखिर किन?
कहिले सम्म?
बिज्ञान एक बरदान भन्नेहरु
आफ्नै अनुसंधान कक्षहरुमा लडिरहेका छन् ।
कहिले अणुबमका लागि लडे तिनै
अहो! कस्तो भयाबह यो
यो कस्तो त्रास हो?
के साच्चै मृत्युको तान्डब चलेको छ यहाँ ?
यो कस्तो अनुभूति ??
साच्चै नै यमदूत छिरेको शहरमा?
हैन भने
यी जिवित मानबहरु किन एति भयभित देखिन्छन् ?
के आज भोलि र पर्सि मात्रको हो यो दुनियाँ ?
यो कस्तो अनुभूति ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...