Friday, March 19, 2021

गीत: यो मनको डालीमा

कहिले गाजल कालीमा, कहिले ओठका लालीमा 
एउटा फूल फूलाईदेउ,,,,, यो मनको डालीमा

हिजो बनका पाखाभरी,, आज मनका आँखाभरी 
मनका चरी उँडाई देउ,,,, यो मनको डालीमा 

कति हेरुँ माथि आकाश,, खोज्दै मिठा आभाश  
एउटा घर बनाई देउ,,,,,, यो मनको डालीमा
 
घरिघरी नजर पुग्छन्, ति तिम्रा कानका बालीमा  
पिरतीका गुँड बनाइदेउ,,,, यो मनको डालीमा 

कहिले गाजल कालीमा, कहिले ओठका लालीमा 
एउटा फूल फूलाईदेउ,,,,, यो मनको डालीमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...