Sunday, March 21, 2021

सबथोक भएर त पनि, रित्तै लाग्दैछ जिन्दगी !!

जस्तो भोग्यो त्यस्तै, त्यस्तै लाग्दैछ जिन्दगी 
किन नभन्नु त मैले? एस्तै लाग्दैछ जिन्दगी !!

के पो छैन र म सङ्ग? आसुँ पिडा अभाब 
सबथोक भएर त पनि, रित्तै लाग्दैछ जिन्दगी !!

आउ लैजाउ म सङ्ग, मेरा ति हर सपनाहरु 
महंगाई बढ्यो भन्दैछन् सित्तै लाग्दैछ जिन्दगी !!

नसोध मोल मलाई केहीको, होशमा छैन म 
डुबेको हुन्छु झोलमा,, निस्तै लाग्दैछ जिन्दगी !!

न भारी छ न बोझ,, कस्तो गरुङ्गो आभाश  
आफ्नै छायाँले समेत, थिच्दै लाग्दैछ जिन्दगी !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...