Sunday, March 14, 2021

उध्रिए कैयौं ति सपनाहरु, धर'धर्ती यहाँ

आफ्नो त जिन्दगी नै सधैं, चर्चामा साथी 
छापिएला कुनै-दिन रङ्गिन, पर्चामा साथी!!

उध्रिए कैयौं ति सपनाहरु, धर'धर्ती यहाँ 
न देखाउन सक्छु फिल्मी, पर्दामा साथी !!

सिपाही हुँँ म भन्थेँ, जिन्दगीका मैदानमा  
पदन्नोती पनि भएन कुनै, दर्जामा साथी !!
 
खै कसरी भनुँ म यो, उधारको जिन्दगी 
एेनकेन चल्दैछ मौखिक, कर्जामा साथी!!

जानिनजानी, पिउन पनि जानियो उहिल्यै 
यो कस्तो लत बस्यो, सुर्ती-जर्दामा साथी!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...