Sunday, March 21, 2021

ब्यङ्ग्य गजल आधुनिक कम्रेडहरु, बुर्जुवासङ्ग बसेर बिग्रिए

जङ्गलका सद्दे स्यालहरु, शहर पसेर बिग्रिए 
यहाँका साधु-शन्त धेरै, खरानी धसेर बिग्रिए !!

गुमनाम भए रे,पहिचानका नारा लाउनेहरु नै 
पटुका त चिन्दैनन्,घांटीमा टाई कसेर बिग्रिए  !!

सहिद गेट रुन्छ, भद्रकाली र पचली सम्झिंदै 
गणतन्त्र ल्याउने, एक आपस मै डसेर बिग्रिए!!

बिग्रिए बिग्रिए भेंडा बाख्रा समेत बिग्रिए साथी  
टुप्पै पुग्न लागेका बानर, फेदमै खसेर बिग्रिए !!

रगत उम्लेर आउंथ्यो, क्रान्तिका कथा पढ्दा 
आधुनिक कम्रेडहरु, बुर्जुवासङ्ग बसेर बिग्रिए !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...