Sunday, March 21, 2021

ब्यङ्ग्य गजल आधुनिक कम्रेडहरु, बुर्जुवासङ्ग बसेर बिग्रिए

जङ्गलका सद्दे स्यालहरु, शहर पसेर बिग्रिए 
यहाँका साधु-शन्त धेरै, खरानी धसेर बिग्रिए !!

गुमनाम भए रे,पहिचानका नारा लाउनेहरु नै 
पटुका त चिन्दैनन्,घांटीमा टाई कसेर बिग्रिए  !!

सहिद गेट रुन्छ, भद्रकाली र पचली सम्झिंदै 
गणतन्त्र ल्याउने, एक आपस मै डसेर बिग्रिए!!

बिग्रिए बिग्रिए भेंडा बाख्रा समेत बिग्रिए साथी  
टुप्पै पुग्न लागेका बानर, फेदमै खसेर बिग्रिए !!

रगत उम्लेर आउंथ्यो, क्रान्तिका कथा पढ्दा 
आधुनिक कम्रेडहरु, बुर्जुवासङ्ग बसेर बिग्रिए !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...