Saturday, March 13, 2021

आफन्तका नितान्त राजनीतिक समसामयिक ५ मुक्तक

१,

भन्दै थियो साथी पनि, ह्या यो कस्तो राजनिती 

खुलामन्च हांस्दै भन्छ, ज्या यो कस्तो राजनीति  

टुप्पैमा पुगेकाको लाज, थाहा छैन केले ढाक्छ 

भन्नै पनि लाज लाग्ने, छ्या यो कस्तो राजनिती !!

२,

सहिदका सपना रद्दिको, डल्लो बनाए यहाँ 

कसरी भनौं लोकतन्त्र नै, झल्लो बनाए यहाँ  

कुलङ्घारहरुको दिनहुँको, रडाको र कचकच 

तीन बर्ष नपुग्दै संबिधान, खल्लो बनाए यहाँ !!

३,

देख्नु भयो नि ए दाजै, पारा छेपारेहरु'को 

जता ढल्क्यो डाली उतै, आरा बेसारेहरुको 

ढलिमली सत्ता उनैको, उनैको बसीबसी भत्ता  

के विश्वाश गर्नु र राजै, दारा चेपारेहरु'को ?? 

४,

न ईज्जत नै राखे काला, कोटको तिनले 

न भरोशा दिए जनताको, भोटको तिनले 

खै कस्ता मान्छे छिरेछिरे, सम्सदमा पनि 

केवल रङ्ग चिने ती राता, नोटको तिनले ।।   

५, 

भोलि कानुनका, किताब खोज्नेछन् जनताले 

अत्याचारमा छन्, निसाफ खोज्नेछन् जनताले 

के कति भ्रस्टचार गरे, के कति हिनामिना 

पक्कै एक दिन, हिसाब खोज्नेछन् जनताले !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...