Wednesday, March 31, 2021

बालपनका यादमा

याद छ नि, त्यस्तो कुनै जमाना हुन्थ्यो 
जहाँ खुशी, र उमङ्गका खजाना हुन्थ्यो !!

दौडन्थ्यौ साँझमा, जूनकिरीको पछीपछी 
बिहान, पुतलीसङ्ग बिहेको चाहना हुन्थ्यो !!

माटोको भात पाक्थ्यो, माटाकै भाँडाकुँडीमा   
कसोरी बयान गरौं, बालपन सुहाना हुन्थ्यो!!

कहिले घर पछाडी कहिले टौवा कटेरा मुनी 
बालबच्चा हुन्थे थाहाछैन कहाँ ठेगाना हुन्थ्यो!!   

म स्कूल जान्न आज, पेट दुख्यो आमा  
सिकाउनै नपर्ने ती, अनेकौं बहाना हुन्थ्यो !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...