Saturday, April 3, 2021

डाली ५

 कोपिला १ 
काकाकुल शहरले पानी पायो 
धारो पनि पानी देखी तर्स्यियो होला 
मुर्झाएका बोटले जवानी पायो ।। 

कोपिला २ 
कोपिलामा चरो डाली बिर्सिएर
निर्दयी भए रे पूजारीहरु हिजोआज  
चुँडिहाल्छन् फूल माली बिर्सिएर ।। 

कोपिला ३  
चियायो कसैले मलाई टुलुक्क आज 
सपना भरी थियौ यादबाट हटाउनै सकिन 
देख्न'पाए अब मुहार झुलुक्क आज ।। 

कोपिला ४ 
घर'घरमा संबिधानको किताब राखेका छन्
कुन मुख लिएर भोट माग्न जान्छौ मलाई भन त 
साबधान नेता जनताले हिसाब राखेका छन् ।। 

कोपिला ५ 
जसो तसो काट्नु त भो जिन्दगी साथी 
कोही रहरले जहर पिउंछन् कसैलाई औसधि छैन 
आफू लाई भने घांडो पो जिन्दगी साथी !!

 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...