Monday, April 19, 2021

त्यही मायामा पनि प्रति-घात भेटिन्छन्

न चस्केर दुख्छ
न झस्केर दुख्छ
हिजोआज मुटु
अनायसै दुख्छ।।
न किल भेटिन्छन्
न खिल भेटिन्छन्
अनायसै आँखामा
झिल भेटिन्छन् ।।
न घाउ भेटिन्छन्
न खत भेटिन्छन्
अनेक बहानामा
पिउने लत भेटिन्छन् ।।
न रुख भेटिन्छ्न्
न छायां भेटिन्छन्
सम्हाली नसक्नु
माया भेटिन्छन् ।।
चलन एस्तै छन्
यहाँ दिन भेटिन्छन्
वहि रात भेटिन्छन्
त्यही मायामा पनि
प्रति-घात भेटिन्छन् ।।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...