Monday, April 19, 2021

मौनता

मेरा आवाज रोक्ने,, सरकार छदैछ
मेरा मौनतालाई रोकेर देखाउ साथी।।  

तिमीले बेकारमा रोक्यौ बोलिका आगहरु 
आज मलाई तिम्रै मौनताले जलायो प्रिया!!

मौनता स्विकृतिको आवाज हो, भन्थेँ म आफैँ 
थाहाछैन एतिधेरै दोधारहरु, कहाँबाट आउंछन्?

ती चुपचाप मैले चुपचाप सहिरहें       
मौनता पछिका बिष्फोट सहन सकिन !! 
 
नबोलेरै धेरै बोल्ने, बन्द ओठहरु उनका, सुन्दै थिएं 
कस्तो हो यो उल्झन, त्यो मौनता मैले बुझ्न सकिन ।। 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...