Tuesday, April 27, 2021

कल्पुको एक फरक सृजना

धन्न चल्दैछन् यी घडीहरु, समय रोकिएको छैन 
रोकिएमा के हुन्छ होला, अझै सोचिएको छैन !!

शायद, यही नै शिलशिला हो, प्रकृतिको यहाँ 
कहिले रोकिन्छस् तँ, भनि कतै सोधिएको छैन !!

प्राण छ वायुसङ्ग, अनि जीवनका अस्तित्व पनि 
रोकिएमा चल्न वायु, बिकल्प खोजिएको छैन !!
 
के थाहा, स्वार्थमा चलेकोछ जिन्दगी एसैपनि 
जहाँं असत्य छोडि, सत्य कतै रोजिएको छैन !!

रे रे मा चल्छ कानुन्, दैव-भरोषामा छ राज्य 
'गु' हो कि 'गोबर'छ्या त्यो घोचिएको छैन !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...