Sunday, April 25, 2021

गजल 'कल्पु' को

बेकारका मान्छेहरु सङ्ग, म बोल्नै चाहन्न 
भो कर नगर म कुनै कुरा खोल्नै चाहन्न ।।

नितान्त पृथक छन्, मेरा परिवेशहरु यहाँ 
जहाँ असमन्जस्यका, रङ्गहरु घोल्नै चाहन्न ।। 

हराउन देउ मलाई अब, मेरै मौनता भित्र 
छाडेर यी मौनता, ती कहर रोज्नै चाहन्न ।।    

बुझ्दछु म मान्छेहरुका, कपट अनि छुद्रता 
के, किन, कस्को, कसरी, सोध्नै चाहन्न ।। 

जलेहुन्छ जल्नेहरु,'कल्पु'का शब्दहरु सङ्ग 
'विश्व-शान्ती'बाहेक, अन्य केही सोच्नै चाहन्न ।।  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...