Saturday, April 3, 2021

एक फरक गजल: अघोसित 'प्रेम बजारहरु' टोलटोलमा थिए !!

जे जति भेटिए मादकता, पिएका झोलझोलमा थिए 
अस्लिलता कसोरी भनुं, भेटिएका खोलखोलमा थिए !!
  
न देहमा प्यास थियो, न थिए नजरमा अत्रिप्तता   
र'पनि गूलाबी ओठहरु, मायाकै तोलमोलमा थिए !! 

मिनेट, घण्टा हुँदै रातभरको, जोखना रुपैयाँसङ्ग   
हाम्रा हठात् नजरहरु, उनीहरुकै गोलगोलमा थिए  !!

शहर गूलाबी थियो, उनका ओठका लाली जस्तै 
कामुक नगरबधुहरु, बिजुलीका पोलपोलमा थिए !!

कतै रहर होलान्, कतै बाध्यता पक्कै होलान्
यी अघोसित 'प्रेम बजारहरु' टोलटोलमा थिए !!
------
रवाफ देखाउंदै सोध्थे,, कति चोटी दिन्छौ   
निर्धक्क जवाफ हुन्थ्यो,, जति रोटी दिन्छौ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...