Monday, April 12, 2021

गीत /गजल: लागेन खै पाप कसैलाई भूलिजाने धेरै थिए

लागेन खै पाप कसैलाई भूलिजाने धेरै थिए 
चुँडेको भए हुन्थ्यो कि, फूलिजाने धेरै थिए!!

सकिन खै मायाजालमा, समातेर राख्न मैले  
लाजको सारा पर्दा हटाई, खुलिजाने धेरै थिए!!  

जानिन रे त पिउन मैले, ति नजरका मातहरु  
प्रेम हो है भन्दै बासनामा, झुलिजाने धेरै थिए!!

मोहनी नै हो कि कुन्नि, नतमस्तक बनाए झैँ  
झुटहरुलाई  छातीभित्र , हुलिजाने धेरै थिए!!   

खुला थिए तगाराहरु, पसिदिन्थे जोकोही आई
यो चोखो मनको बगानमा, डुलिजाने धेरै थिए!!  
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...