Saturday, April 3, 2021

कम से कम,, म सङ्ग त अझै यो जिन्दगी छ

महलको छेवैमा एउटा,, बासमा तड्पिएका छन्
बुझ्नुस् ए हजुर नेपाली, दासमा तड्पिएका छन्!!

भन्दिन भो मलाई,,, जिन्दगीले पिउन सिकायो 
यहाँ कैयौं साथीहरु,,, प्यासमा तड्पिएका छन् !!

कम से कम,, म सङ्ग त अझै यो जिन्दगी छ   
हेर्नुस् कोही जिन्दगीकै, आसमा तड्पिएका छन् !! 

भो छोड्नु हुँदैन भन्छु,, एक सीता पनि थालमा 
त्यो सडकमा मान्छे एक, गासमा तड्पिएका छन् !!  

रीबन काट्नमा ब्यस्त, शुभारम्भमा छ शिंहदरबार
हेर सरकार मान्छे जिउँदो, लासमा तड्पिएका छन् !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...