Saturday, April 3, 2021

गजल:असन्तुस्ट रहरहरुले नै, 'रहर' जन्माएपछि !!

कहाँं भेटिनु हजुर नदी, बगर जन्माएपछि  
त्यही बगरमा महल बन्यो, शहर जन्माएपछि !!

सुन्छु निदाउनै सक्दैन रे, शहर हिजोआज 
कसोरी निदाओस आँफैले, कहर जन्माएपछि !! 

के शान्त बस्लान् र? सूनामी उठाउने सागर
किनारसम्म आई फर्कने, लहर जन्माएपछि !!  

हिजोआज न्युयोर्क र सिड्नीमा हाहाकार छ
देख्नु भयो नि बिज्ञानले, जहर जन्माएपछि !!

धमाधम स्खलित भए सुन्दर सपनाहरु यहाँ
असन्तुस्ट रहरहरुले नै, 'रहर' जन्माएपछि !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...