Sunday, April 4, 2021

सायद 'कशिस' भन्छन्, उर्दूका कविहरु

तिम्रा हेराइले नै मर्छु,, कुराका के कुरा 
तिखा परेली छन् उस्तै, छुराका के कुरा 

टिकाले लोभ्याउँछ, गाजलले मोहित पार्छ 
अनुहारमै अल्झन्छु म,, चुराका के कुरा

सक्दिन गर्न बर्णन, लेखि गजल कवितामा 
ती अधुरा मुस्कान काफी, पुराका के कुरा   

सायद 'कशिस' भन्छन्, उर्दूका कविहरु  
पिलाउँछ्यौ त नजरबाटै, सुराका के कुरा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...