Sunday, May 2, 2021

पलभरको साथ पलभरको यात्रा रहेछ song

सहनेछु चोटहरु थप्दै थप्दै जाऊ तिमी 
बानी परिसकेको साथमा मलहम बोकेर हिंड्ने 

पोख्नेछु बेथाहरु गीत कविता गजलहरुमा 
कोर्न भनि सधैं कापी र कलम बोकेर हिंड्ने 

दिन्छु परिभाषा सोध जीवन र माया के हो 
सुनाउँछु सुन त्यो घाम र यो छायाँ के हो 

पोल्दैनन् झिल्कोले, राँको र आगोले पनि   
बानी परिसकेको छ मुटुमा जलन बोकेर हिंड्ने 

पलभरको साथ पलभरको यात्रा रहेछ  
बानीछैन हिजोआज बाचा कसम बोकेर हिंड्ने 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...