Monday, May 17, 2021

मेरा साँझहरु

जहाँ हुन्छु जतिबेला, त्यहाँ साँझ हुन्छ 
हर साँझहरु मेहफिलको, माझ हुन्छ 

सायद,
अझै म  उनको मायामा,,, अल्झेको छु 
चस्किरहने पूराना घाऊ, झैं बल्झेको छु 

थाहा छैन 
उसको यादमा हुन्छु कि ,आफ्नो बर्बादमा हुन्छु 
मिठा खुशीमा हुन्छु कि, तिता पश्चतापमा हुन्छु 

हर साँझ मलाई एकान्तमा भूल्न देउ 
पिएरै भए पनि केही पल झूल्न देउ 

त्यसैले 
साँझहरुमा मलाई, नबोलाओ साथी 
म त टोलाएं तिमीहरु, नटोलाओ साथी 











1 comment:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...