Tuesday, May 4, 2021

एता सेतो कात्रो, उता ताम्दानी भएछ !!

कसै सङ्गको प्रेम जानी नजानी भएछ 
कैयौं सम्बन्धहरु, मनैले नमानी भएछ!!

निकै ध्यान दिएर सुन्छन्, मान्छे यहाँ  
पोख्दैथिएँ दुखेसो मिठो रूमानी भएछ !!

कसरी भनुँ, चिन्दैन मलाई यो समाजले 
दुनियाँलाई नै दिन काट्ने, कहानी भएछ!!  

केही पल सुस्ताएको थिएँ, यादहरुमा 
झस्कँदा नयनभरी, पानी पानी भएछ !!

समयले कोल्टो फेर्छ, पर्खनुपर्छ भन्थे 
एता सेतो कात्रो, उता ताम्दानी भएछ !! 
 
छ्या रुनुहुन्न तँ त छोरोमान्छे, आमाले भन्थिन् 
आज तिनै आमालाई, सम्झिरुने बानी भएछ!! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...