Saturday, May 8, 2021

कल्पुको एक उदासी गजल

शहर छोड्नेहरु गाउँ पुगे पुगेनन् शहर उदास छन् 
किनार सम्म आईपुग्ने, सागरका लहर उदास छन् !!
  
बन्दगर भो अब त, अखबार रेडियो टिभीहरु पनि 
बिहान देखि साँझ सम्मका, हर खबर उदास छन् !!

थकित छन् घाटहरु, धुँवामा रुमल्लिएका जीवनहरु 
आकाश,सडक,खेतबारी ती सारा बगर उदास छन् !!

खै मान्छेले बनाए कि, बनाए बिज्ञानले नै दुनियाँमा   
आफू भन्दा बिषालु, किटाणुँ देखी जहर उदास छन् !!  

उदास उदास लाग्छन् बतास, उदास उदास बनपाखा 
उदास छे यो 'कल्पु' झनै, उसका रहर उदास छन् !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...