Wednesday, May 12, 2021

धुवाँधुवाँ छन् घाटहरु, उफ् चिहान पनि थाकिसके

ती महलहरुमा मौनता, कटेराहरुमा कहरमा छन् 
बुढी आमा भन्नुहुन्छ, सबै छोराहरु शहरमा छ्न्!!

भन्थे हिजोसम्म एकमुठी सासमा अल्झेको जीवन 
आज नाकमुख थुनी, जिन्दगी बाच्ने रहरमा छन् !!

हेर्नुस् त कस्तो दैव लाग्यो? आफ्नालाई चुडी लाने
मलामी जति पाखामा, कठै लासहरु बगरमा छन्!!

कस्ता शिलशीला कहिले सम्मका लागि जवाफ छैन  
यस्तो लाग्दैछ, मृत्‍युहरु सागरका हरेक लहरमा छन्!!

धुवाँधुवाँ छन् घाटहरु, उफ् चिहान पनि थाकिसके  
थाहा छैन भगवान, अमृतमा छन् कि जहरमा छन्!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...