Sunday, May 2, 2021

समसामयिक् रचना

 ती महल यी झुपडीमा, रोग अनि काल उस्तै थियो
सडकमा पर्खिएका लासमाथिका, त्रिपाल उस्तै थियो

बिज्ञानले कहिल्यै हार्दैन भन्नुहुन्थ्यो बिज्ञान पढाउने गुरु
तर हाम्रालागि भने पूरानो र नयाँ साल उस्तै थियो

निर्दयी भए भगवान पनि टुलुटुलु हेर्छन् मन्दिर बाट
दुनियाँमा मृत्‍युको तान्डब जताततै बेहाल उस्तै थियो 

--------------------

हेर्नु भो नि शिंहदरबार, र शितल निवासमा झ्याल उस्तै छन्
रङ्गमात्रै फरक हुन् के हजुर, नयाँ र पुराना स्याल उस्तै छन्
संघियता त एउटा कमन्डलु रहेछ, मागिखाने थलो बन्यो देश 
सातै सातै प्रदेशका स्यालहरुको, दिमाग अनि र्याल उस्तै छन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...