Monday, May 24, 2021

गीत: मलाई नखोजे हुन्छ !!

म, आँफैमा हराएको बेला नखोजे हुन्छ 
त्यो, गुमनामहरुको बस्तिमा नसोधे हुन्छ!!
 
न भेट्छौ मेरा पाइला, न भेट्छौ छाया कतै 
उल्झनहरुमा अब, रङ्गहरु नघोले हुन्छ !!

उदास उदास छ यो मन एक्लै बसेको बेला 
बिन्ती छ हजुर, मन नलागे नबोले हुन्छ !!

काँडाका कालीनहरुमा निदाउँछु भने 
मेरै लागि भनि फूलहरु नरोजे हुन्छ !!  

न भर रह्यो न भरोशा यो जिन्दगीमा 
अनन्त यात्रामा छु मलाई नखोजे हुन्छ !! 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...