Monday, March 15, 2021

लोकगित दोहोरी

 यो बैंश पापी डोकोले थुन्ने भा
आउँथ्यौ नजिक बोलाको सुन्ने भा 

डाक्नु किन ईशारामा बोलाउन 
छोड्देउ अब मलाई सम्झी टोलाउन 

सुख्खा सुख्खा गैरी खेत सुख्खा भो 
बल्ल भने यो मनलाई ढुक्क भो 

झिसमिसेमा आँटो पिठो खाएर 
लाउँला खेती सङ्गै दोहोरी गाएर  

जोत्लाउ टारी फाँडेर ढड्डी घाँस 
मल बनाउँला माडेर बन्सो घाँस 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...