Saturday, March 13, 2021

गजल: उत्सब मनाउँछ राजधानी

हर दिन उत्सब मनाउँछ राजधानी
न जित न हार जनाउँछ राजधानी !!

कहिले केको खटिरा कहिले घाऊ 
लाजनिती लुत्तो कनाउँछ राजधानी !!

कहिले उल्लु कहिले जिल्ल जनता
खै केकेकेके पो बनाउँछ राजधानी !!

केको बसाइँ सर्छौ ए गाउँ बिर्सिएर !!
दोश आफ्नैलाई खनाउँछ राजधानी 

धन्न हो अहिले माक्सको बजार छ(मास्क) 
हैन भने त झनै गनाउँछ राजधानी !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...