Saturday, February 27, 2021

फरक शैलीमा केही शेर

मनको ढोका ढकढक्याएको थिएँ त्यो सुनिनौ  

टाढा बाट दिएको ईशारा, कसरी बुझ्छ्यौ र ?? 



लत्याएर हिंड्यौ दुखीहरु मन्दिर जाँदै गर्दा 

बुझ्दै नबुझ्ने त्यही पत्थर कसरी पुज्छ्यौ र ??


हात दिएको थिएँ दुई पाईला सङ्गै चलौं भनि 

प्रेममा अपाहिस रहिछौ कसरी कुंद्छ्यौ र ??


नभन बिहान निन्द्रा परेन मलाई फिटिक्कै भनि 

रात अर्कैको, सपनी अर्कैको कसरी सुत्छ्यौ र ??


मुखमा कालो पट्टी बाँधि स्वतन्त्रताको वकालत 

भन यही समाज सङ्ग भोलि कसरी जुध्छ्यौ र  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...