Saturday, February 27, 2021

डाली १

कोपिला १ 

आज फेरी म धोकामा ठोक्किएँ 

उसै त यो दुनियाँ मलाई अन्धो पागल भन्छ 

सिसाका बन्द ढोकामा ठोक्किएँ !!


कोपिला २ 

रातका सपना बिहानीमा भुलेकै राम्रो 

रहरहरु मन भित्र नै थाँती राखेको बेलामा 

मिठामीठा सून्दर् कहानीमा भुलेकै राम्रो !!


कोपिला ३ 

खै किन हो उनका बातै मिठा 

नजर शंकालु मनमा कपट छन् थाहा छ 

प्यारीका कल्पनामा रातै मिठा !! 


कोपिला ४ 

त्यो सिमानामा गजबार छ र 

राता ठेलीहरु कन्ठस्त पारेका भोकै छन् 

भन्नुस् न देशमा सरकार छ र !!


कोपिला ५ 

सब भुल्छु म आत्तिको बेला 

साथी भन्छ ओई तैंले आफ्नै पोल खोलिस  

केके पो भने मात्तिएको बेला !!


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...