Saturday, February 27, 2021

पिउने छैन कहिल्यै अब,, निदाउन भन्दै

 पिउने छैन कहिल्यै अब,, निदाउन भन्दै
बेहोशीमा कोमल गला,, भिजाउन भन्दै !!

तर्कनेहरु तर्किए ति, आउनेहरु आउँछन्
निस्ठुरीलाई नै घरिघरी,, रिझाउन भन्दै !!

मातहरुको खातमा,, धेरै कटे रात मेरा
गाँठो परे पर्ला मनमा, फिजाउन भन्दै !!

जसले सिकायो पिउन, सखीलाई सलाम
बोल्ने छैन एक्लै ऎनालाई, गिजाउन भन्दै !!

नगर भो कर पनि, यो आफन्तलाई अब
पिउने छैन कहिल्यै अब, निदाउन भन्दै !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...