Saturday, February 27, 2021

गजल समसामयिक

धन्य छु ए हजुर् रुनै दिँदैन सरकार 

बिरोध आक्रोश छुनै दिँदैन सरकार !! 


के गफ गरुन् कठै अबका पँधेर्नीहरु!! 

पँधेर्नीका गुन्युँ त् धुनै दिँदैन सरकार 


पानी जहाज दियो दियो चुच्चे रेल पनि 

पाक्दैन तिउन नुनै दिँदैन सरकार !!


बालुवाटार देखि सितल निवास जहाज चढ्छ् 

अस्पातलमा खै खुनै दिँदैन सरकार!!


एता फर्के घाम मेरै उता फर्के घाम मेरै 

पुर्णिमामा पनि जूनै दिँदैन सरकार !!  


हाँसेर नै मरिन्छ कि क्या हो "कल्पु"

हे उल्का अचम्म रुनै दिँदैन सरकार !!


कल्पना पौडेल आचार्य 

समकालिन साहित्यमा प्रकाशित

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...