Saturday, February 27, 2021

यौवनका गीत

के के भए भए चार नजर जुधे पछी 
बल्ल पो थाहा पाइयो रहर जुधे पछी 

कतै फुटे ज्वालामूखि कतै सूनामी नै 
जवानीका मिठा ताता लहर जुधे पछी 

निष्कर्श निस्कियो उत्कर्षमा पुगौं भनि 
धरोधर्म यी चाहनाका डगर जुधे पछी 

रापिए चिसा पल चिसियो आगो पनि 
नदिले ठाउँं छोड्यो दुई बगर जुधे पछी

युद्ध चल्यो गोला बारुद धुमलिए मैदान 
अमृत बन्यो समाप्तिमा जहर जुधे पछी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...