Saturday, February 27, 2021

हार मनाएर त हेर, जित बिर्सन्छौ

हार मनाएर त हेर, जित बिर्सन्छौ 
मनका रूमानी पढ, गीत बिर्सन्छौ!!
 
खै कसले बसालेछ, अनौठा चलन 
आँफैलाई छाम्ने गर, प्रित बिर्सन्छौ!!
 
फूलको बदला, काँडा दिन्छन् भने 
काँडामाथि टेकीहिँड, प्रित बिर्सन्छौ!!

धिक्कार्ने छ आकाशले, जमिनमा छौ 
त्यो चन्द्रमा हेर्दै गर्दा, सित बिर्सन्छौ!!
   
बिर्सनु अनेकौं छन्, तर पनि यहाँ 
पछुताउने छौ आफ्नो मित बिर्सन्छौ!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...