समयको अन्तरालमा, हिजो जहर पिएँ सङ्गसङै पूरा नभएका, कैयौं रहर पिएँ।।
चाहनाका स्वाद बेग्लै, सपनाका रङ्गहरु
आखिर किन मैले?, आफ्नै नजर पिएँ।।
चाहनाका स्वाद बेग्लै, सपनाका रङ्गहरु
आखिर किन मैले?, आफ्नै नजर पिएँ।।
सीतन बनाएँ भाग्यलाई, चट्नी समयको
मौनता भित्रका तिनै, चिसा कहर पिएँ ।।
कति मिठालाग्ने, जिन्दगीका कक्टेलहरु
सराब भन्दाधेरै, बितृष्णाका नहर पिएँ ।।
सराब भन्दाधेरै, बितृष्णाका नहर पिएँ ।।
मेटिएनन् तिर्खा अझै, रीत्तिसके बोतल
नदी मात्र त हुँदै हैन, मैले बगर पिएँ ।।
नदी मात्र त हुँदै हैन, मैले बगर पिएँ ।।
No comments:
Post a Comment