Wednesday, June 30, 2021

गजल जस्तै

कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी
भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी ।

कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी
पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी ।

हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा
उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी ।

समिकरण यो जीवनको, नमिलेको देख्दा आज 
पहिरोको त्यो चट्टान होकी, घर्किएको देख्दाखेरी ।। 

उँदै सलल उँभै सलल, लान्छ कि त आजै   
घरीघरी यही झरी यहाँ, दर्किएको देख्दाखेरी ।।  

गल्ती सबको हुन्छ, दुधमा को नुहाएको छ र ?
दिक्दार लाग्छ तिमीआज, झर्किएको देख्दाखेरी ।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...