Friday, June 4, 2021

आउ चन्द्रमा रोकेको छु एक रातका लागि

म मौनतामा छु, केही मिठा बातका लागि 
आउ चन्द्रमा रोकेको छु एक रातका लागि ।।  

चाहना त छैन हिजोआज, बेहोसीमा बस्न 
एकपटक मुस्कुराउ है, पूरानै मातका लागि ।। 

भिजुँ भिजुँ लाग्न थालेको छ, तिम्रो मायामा 
बादल बुन्दैछु प्यारका, त्यही बर्षातका लागि।।  

भुइँमा मुर्झाएछन् फूलहरु, माली हराएछ कि 
कसले चुँडेछन् कोपिला,, एक पातका लागि।। 

खै के ले पो हो, निकम्मा बनेछ आफन्त  
के नै बाँकी रह्यो र, अब बर्बादका लागि।।   

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...