भेटिदैनन् आफन्त, मात्र खुशी खोस्नेहरु
छिर्कने हान्नेहरु, लहरका लहर भेटिन्छन्!!
सौन्दर्यता निख्रिएको, यो कस्तो जिन्दगी
हेर्नु बाँच्नेभन्दा धेरै, मर्ने रहर भेटिन्छन्!!
बन्द कोठा भित्र समेत, कहर भेटिन्छन्!!
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
सुख्खासुख्खा छ्न् अदर, जागेका छन् रहरहरु
मौषम भए बेईमानी उसै, मागेका छन् रहरहरु !!कहिले सम्म कहाँ सम्म, भाग्नु पर्ने जिन्दगीमा
सिमा कानुन बैद्ध अबैध्य, नाघेका छन् रहरहरु !!
मनले भन्छ छोड्दे यार, ओठले भन्छ नजिक ले
मन ओठका सुन्दा सुन्दा, थाकेका छन् रहरहरु !!
निहुँ नै त के चाहियो र?, एक्लोपनको बहानामा
जता जता प्याला उतै उतै, भागेका छन् रहरहरु!!
नमिले ठिकै कुरोमिले,, खलबल गरौंला
चोखा प्रेमदिप बाली,, झलमल गरौंला।।केही तिम्रो सुन्छु, केही मेरो पनि सुन
भेट्नआउ भोलि केही, छलफल गरौंला ।।
आधी दिन बेगनासमा, आधी फेवातालमा
पिरतीको डुङ्गा चढी,,, ढलपल गरौंला।।
साँझमा साराङ्गकोटमा,, प्रे-माग्नी ताप्दै
देहले मागे ती स्पर्श,, पलपल गरौंला।।
हुर्काउँला बढाउँला,,, मायालुका मूना
जीवनका कोपिलामा,, मलजल गरौंला!!
प्रथम परिद्रिस्य- त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल
भक्तपुर र पेप्सिकोला माथिको आकाश माथिबाट एउटा बोईङ्ग आएर रोकिन्छ।केही बेरपछी हाम्रो पात्र पुरानो सुटकेश डोर्याउँदै बाहिर निस्कन्छ, पछाडी भरिएको झोला बोकेको हुन्छ। प्रतिक्ष्यालयका मान्छेहरुको भिडमा उ कसैलाई खोज्छ तर उसले खोजेको मान्छे हुँदैनन् हतासमा ट्याक्सी स्टैन्डमा अडिएर गोजिबाट छामछुम गर्छ शायद चुरोट खोजेको होला तर भेट्दैन। एउटा ट्याक्सिलाई बार्गेनिङ्ग गर्छ अनी ट्याक्सी चढेर निस्कान्छ।।
दोश्रो परिद्रिश्य- ठमेल
पात्र ट्याक्सिको भाडा तिरेर सुटकेश गुडाउँदै बासस्थान हो या खानेपिउने ठाउँं खोज्न थाल्छ एत्तिकैमा उसका आँखा एक ब्यानरमा पर्छ,जहाँ लेखिएको हुन्छ
*थानेश्वर गौतम एकल गजल साँझ*
तेस्रो परिद्रिश्य- गौतम एकल गजल साँझ
मान्छेहरु सबै स्टेज नजिकैको कुर्ची टेबल तिर जान्छन् तर सबैमा रिजर्भ लेखिएका हुन्छन्। बिस्तारै रेस्टुराँ भरिन्दै जान्छ। वेटअर्सहरु ब्यस्त देखिन्छन्। सेतो कमिज कालो फ्रक अनि कालै इस्टकोटमा। निकै सजिएको स्टेजमा पर्दा लागेको हुन्छ, भित्रबाट हार्मोनियम,तबला, गीतार, सारङ्गीका आवाज सुनिन्छन्। शायद गयक र सङ्गितबादकहरु कोड खोज्दैछन्। स्टेजबाहिर नेपाली पोशाकमा युवा युवतिहरु निकै आतुर देखिन्थे नाच्न र नचाउन। हाउभाउ गरिरहेका हुन्छन्। रेस्टौरेन्टमा जहितही पिउन पाउने भएपनि चुरोट धुम्रपानको लागि छुट्टै कर्नर छुट्ट्याईेको हुन्छ, जून ठाउँमा हाम्रो पात्र बस्न पुगेको हुन्छ, ब्याग र सुट्केश नजिकै हुन्छ, खानेकुरा पिउने कुरा अर्डर गरिसकेर धुम्रपान क्षेत्र (स्मोकिङ जोन) लेखेको तर्फ आँखा लगाउँदै नयाँ चुरोटको डब्बा र सलाई टेबलमा राख्छ अनि खोलेर एउटा चुरोट सल्काउँछ एस्तो लाग्छ उसले धेरै दिनपछि चुरोट पिउन पाएको छ। शायद उसले थानेश्वर गौतमका गजलहरु धेरै सुनेको छ त्यसैले पनि उ खानेकुरा भन्दा गीत सुन्न चाहन्छ।
एत्तिकैमा नेपथ्य बाट एक महिला उध्घोसिकाको आवाज सुनिन्छ: ''आदरणिय हाम्रा पाहुना आगन्तुक ज्युहरु हजुरहरुको प्रतिक्ष्याका पलहरु लगभग सकिनै लागेको छ,हजुरहरुको प्यारो गायक अनि उहाँका सङ्गितबादक ज्युहरु पनि तयार भैसक्नु भएको छ,आजको यस सांगितिक माहोल जमाउनको लागि। आउनुस् रमाउनुस् नाच्नुस् अब बिस्तारै पर्दा खोलिदै छ'' ,,अल्ली हतार भए झैं फेरी उध्घोशिकाको आवाज 'कृपया होश सम्हालेर पिउनुहोस् आज नशा शराबमा भन्दा शब्दमा भेट्नुहुनेछ। धन्यवाद .....................................................
बिस्तारै पर्दा खोलिन्छ
नमस्कार म हजुरहरुकै गायक थानेश्वर गौतम। आज हजुरहरुको साथमा परदेशी मित्र श्री श्रीभक्त पौडेल 'आफन्त'ज्युका शब्दहरुलाई सङ्गित भरेर सुनाउँदै छु। आज मलाई सङ्गितमा साथदिने साथीहरु हुनुहुन्छ ....... सबैको परिचय र वाध्य बादन सामाग्रीको नाम बाचन.........................................................
अनि सुरुहुन्छ
अलाप सङ्गै -
बेचेर सपनाहरु मैले रात किनेको छु
केहीबेर माहोल शान्त बन्छ अनि ताली गडगडाहट
प्रत्येक शेरहरुमा वाहवाही हुन्छ,
-अन्तिम शेर बाचन हुन्छ
भुलेर भुल्नै सकिने, कस्ता यी यादहरु
छाती दुखेको निहुँमा, आघात किनेको छु।।
हाम्रो पात्र झनै उदास झनै बिरक्त देखिन्छ धुवाँधुवाँमा डुब्छ, कडा पेयपदार्थ पिएको हुन्छ,निकै आत्तिएको हुन्छ, पिउदै गरेको ग्लास टाउको बाट खन्याउँछ, बोतलको पनि खन्याउँछ उ रक्सिले अनि पसिनाले निथ्रुक्क भिजेको हुन्छ एक्कासी त्यो नभिजेको सलाईका केही काँटीहरु एकै साथ कोरेर आँफैमा आगो लगाउँछ,अनि उ डङरङ्ग ढल्छ,कोही पानी पानी भन्छन् कोही बाक्लो कम्मल भन्छन्। अघिसम्मका साङ्गितिक माहोल शोकमा पुगेको देखिन्छ मान्छे गुहार माग्दै चिच्याउँदै बाहिर निस्कन्छन्. खै कसले पुलिसलाई पनि खबर गरिदिएछन् केहीबेरमै पुलिशहरु आएर सङ्गित बादकहरुको सामान एता उता फालिदिन्छन् अनि गायकलाई गिरफ्तार गरेर लिएर जान्छन्।।
चौथो परिद्रिस्य- पुलिश चौकी।।
त्यसैदिन नेपाल टेलिभिजन, रेडियो नेपाल, र अन्य मिडिया च्यानलहरुले थानेस्वर गौतमले गाएको बेचेर सपनाहरु भन्ने गीत प्रतिबन्द गरेको घोषणा गर्छन् ।।
अस्तु:
-------------
कथा तथा परिकल्पना
श्रीभक्त पौडेल 'आफन्त'
स्पेन
झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी जिन्दगीको किताबब...