Sunday, March 13, 2022

पिरतीको डुङ्गा चढी,,, ढलपल गरौंला।

नमिले ठिकै कुरोमिले,, खलबल गरौंला 

चोखा प्रेमदिप बाली,, झलमल गरौंला।। 
 


केही तिम्रो सुन्छु, केही मेरो पनि सुन  

भेट्नआउ भोलि केही, छलफल गरौंला ।।

 

आधी दिन बेगनासमा, आधी फेवातालमा  

पिरतीको डुङ्गा चढी,,, ढलपल गरौंला।।


साँझमा साराङ्गकोटमा,, प्रे-माग्नी ताप्दै

देहले मागे ती स्पर्श,, पलपल गरौंला।।  

  

हुर्काउँला बढाउँला,,, मायालुका मूना 

जीवनका कोपिलामा,, मलजल गरौंला!! 


No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...