Saturday, March 26, 2022

बाँच्न खोज्दा सधैं, यहाँ जहर भेटिन्छन्!!

नदी भन्दा पहिला, किन बगर भेटिम्छन् 
बाँच्न खोज्दा सधैं, यहाँ जहर भेटिन्छन्!!
 
भेटिदैनन् आफन्त, मात्र खुशी खोस्नेहरु 
छिर्कने हान्नेहरु, लहरका लहर भेटिन्छन्!!

सौन्दर्यता निख्रिएको, यो कस्तो जिन्दगी 
हेर्नु बाँच्नेभन्दा धेरै, मर्ने रहर भेटिन्छन्!!

जवानीलाई अचानोमा, देहलाई तरवार 
बन्द कोठा भित्र समेत, कहर भेटिन्छन्!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...